भारतको मुम्बइ उच्च अदालतले बिहान बिहान हाँसेर योगा गर्ने योगीहरुलाई नहाँस्न निर्देशन दिएको छ । शितल जगिङ एसोसिएसन नामक संस्थाले आयोजना गर्ने हाँस्ने योगाका सहभागीको अट्टहासले आफुलाई डिस्टर्ब गरेको भन्दै मुम्बइको शितल तलाउ क्षेत्रका बासिन्दाले उजुरी गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

योगामा सहभागीहरुको अट्टहासले आफु र आफ्नो परिवार तथा समाजका मानिसलाई मानसिक तनाव दिएको तथा होहल्ला सिर्जना गरेको भन्दै अरुलाई हानी पुग्नेगरी हास्नमा बन्देज लगाउन माग गर्दै विनायक सिर्सात नामका व्यक्तिले मुद्दा हालेका थिए । अदालतले अरुलाई असर पुग्नेगरी नहाँस्न आदेश दिएपनि योगामा सहभागीहरुले पछिल्लो एक सातादेखि हाँस्ने काम बन्द गरेका छन् ।

स्मरण रहोस् विगत तिन वर्षदेखि त्यस स्थानमा हरेक बिहान हुने योगामा दर्जनौ मानिस जम्मा भएर हाँस्ने, नाच्ने तथा गाउने गर्दथे ।